जनमत पार्टीले गर्‍यो दुईजना सांसदलाई पार्टीबाट निष्कासन काठमाडौँ, १२ जेठ।जनमत पार्टीले २ जना सांसदलाई पदबाट निष्काशन गरेको छ। पार्टीका सोनु मुर्मर र बिनिता सिंहलाई पार्टीबाट निष्काशन गरिएको हो। उनीहरू दुवैजना समानुपातिक सांसद हुन्। मुर्मर मोरङ र सिंह सिरहाका हुन्। सांसद भएर अनुशासन उल्लंघन गरेको उनीहरुमाथि आरोप छ। पार्टी उपाध्यक्ष अब्दुल खानमाथि पनि कारबाहीको कुरा उठेको भएपनि पार्टीले तत्काल कारबाही नगरेर आन्तरिक छानबिन गर्ने निर्णय लिएको छ।
प्रतिक्रिया दिनुहोस्