उपत्यकामा चल्ने सार्वजनिक सवारीको भाडादर घट्यो काठमाडौं, ११जेठ।बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने आन्तरिक र लामो दूरीको सार्वजनिक सवारीमा भाडादर घटाएको छ।बुधबार बसेको भाडा समायोजन समितिको बैठकले बिहीबारदेखि लागू हुने गरि भाडादर घटाउने निर्णय गरेको हो।यसअनुसार उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा ५.९०प्रतिशतले भाडा घट्ने छ।यस्तै,बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५.६९ र लामो दूरीको यात्रुवाहक बसमा ४.१८ प्रतिशतले गाडी भाडादर घटाउने निर्णय गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्