रुकुम पश्चिममा जिप दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु काठमाडौं,११ जेठ। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ८मा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलममै मृत्यु भएको छ। सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट सदरमुकाम खलंगा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप बिहान ७ः३० बजे दुलीको मोतिखोलामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। घाइतेहरुको उद्धार कार्य भइरहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्