सर्वोच्चमा दायर रिटबारे रवि भन्छन्,‘ मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ’ काठमाडौं, ११जेठ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै हिजो युवराज सफलले सर्वोच्चमा अर्को रिट दायर हालेका छन्।यसैबारे लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्,‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ।यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३/०६मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ।टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलिसकेको थिएँ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्