काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा काठमाडौं,१० जेठ।गृह मन्त्रालयले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो। सूचनामा लेखिएको छ,‘रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा जानकारीको लागि सूचना प्रकाशित गरिएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्