सरकारले आफूलाई दिने सहयोग अस्पताल निर्माणमा प्रयोग गर्न डा.भण्डारीको आग्रह काठमाडौं,१० जेठ।सांसद डा.चन्द्र भण्डारी ३ महिनापछि प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन्।बुधबार संसद उनले भने,‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ। बम्बईमा सात दिनपछि ब्यूँझिएँ। ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ,त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस्।’ भण्डारीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो।उपचार गरेर भारतबाट फर्किएपछि उनले आधुनिक जलन उपचार केन्द्र निर्माण गर्न जोड दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्