म सौभाग्ले बाचेर आए : डा.चन्द्र भण्डारी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी ३ महिनापछि संसद बैठकमा उपस्थित भएका छन्। बुधबार संसद बैठकमा बोल्दै उनले आफ्नो उपचारमा सघाउने सरकारप्रति आभार व्यक्त गरे। उनले भने,‘छिमेकी देशमा मलाई पठाएर मैले त्यहाँ हेरे मलाई डाक्टरहरुले भन्नुभयो। विगतको तीन वर्षमा तीनजना मात्रै भेन्टिलेरमा गएर बाँचेका रहेछन्। म सौभाग्यले बाचेर आएर यहाँ बोल्न पाइरहेको छु।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्