नागरिकता विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्छ : उपेन्द्र यादव काठमाडौं, १० जेठ। जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले राष्ट्रपति कार्यालयमा रहेको नागरिकता ऐन राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने,‘नागरिकता विधेयक तत्काल प्रमाणीकरण गरी लागू गर्नुपर्छ।’ बुधबारकै बैठकमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि नागरिकता विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्