शरणार्थी प्रकरणमा दोषी चाहे नाता होस्, चाहे नेता होस्, कसैलाई छोड्नु हुँदैन : गगन थापा काठमाडौं, १० जेठ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमाथि एक एक छानबिन गरेर कानुनी कठघरामा उभ्याइनुपर्नेमा उनले जोड दिए।बुधबार प्रतिनिधिसभाको बैठकमा उनले,‘चाहे त्यो घरको मान्छे होस्, चाहे बार्दलीको मान्छे होस्। चाहे त्यो नेता होस्,चाहे नाता होस्,चाहे त्यो सलाम गर्ने होस्,सलामी लिने होस् एक जना मान्छे पनि छुट्नु हुँदैन’,थापाले भने, ‘दूधको दूध पानीको पानी हुनुपर्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्