जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरुलाई काठमाडौं महानगरको निर्देशन काठमाडौं, १० जेठ।काठमाडौं महानगरले जेठ १५ गतेसम्म छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरुलाई निर्देशन दिएको छ। र त्यसको जानकारी जेठ १६ गते इमेलमार्फत महानगरपालिकाको शिक्षा विभागमा पठाउन भनेको छ। निजी विद्यालयले अघिल्लो शैक्षिक सत्रमा जम्मा विद्यार्थीको १० प्रतिशत विद्यार्थीलाई नयाँ शैक्षिक सत्रमा छात्रवृत्ति प्रदान गर्नुपर्ने कानुनी व्यवस्था छ।समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने समेत महानगरले चेतावनी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्