भोलि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने काठमाडौं, ९ जेठ।बुधबार संघीय संसद्का संयुक्त बैठक बस्ने भएको छ।अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक कक्षमा संयुक्त बैठक बस्न लागेको हो। संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन टेबल गर्ने कार्यसूची रहेको जनाइएको छ। गत जेठ १ गते संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्