शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति काठमाडौं, ९ जेठ। काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा हिरासतमा रहेका १६ जनाविरुद्ध २ दिन म्याद थप गरेको छ। सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता अचुतमणि नेउपानेले भोलि नै अदालतमा अभियोगपत्र दर्ता हुने सम्भावना रहेको बताए। पक्राउ परेकालाई पटक–पटक गरी ६० दिनलाई थुनामा राख्न सकिने कानुनी व्यवस्था छ। बुधबार यस प्रकरणमा पहिलो व्यक्तिलाई पक्राउ गरेको ६० दिन पुग्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्