असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय काठमाडौं, ९ जेठ। सरकारले असोज २ गतेको दिनलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा बनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वर्षदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो। सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले हरेक वर्षको असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउने निर्णय गरिएको जानकारी दिइन्। 'अब हाम्रो शिक्षा दिवस असोज २ गते हुनेछ,’ प्रवक्ता शर्माले भनिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्