सेयर बजारमा हरियाली, नेप्से ५१ अंकले बढ्दा २ अर्ब नाघ्यो कारोबार
काठमाडौँ, ९ जेठ। सेयरबजार परिसूचक नेप्से ५१ दशमलव ३१ अंकले बढेको छ। २ अर्ब २० करोड रुपैयाँको कारोबार भइ नेप्से इण्डेक्स १ हजार ९ सय ४२ दशमलव ६३ अंक कायम भएको छ। मंगलबार ६० लाख ६७ हजार कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ। सबैभन्दा धेरै कमाउनेमा कालिका लघुवित्त रहेको छ। जसको सेयर १० प्रतिशतले वृद्धि भएको छ।
प्रतिक्रिया दिनुहोस्
