एकदिवसीय विश्वकप छनोटको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाब्वेविरुद्ध खेल्ने काठमाडौँ, ९ जेठ। आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग हरारे स्पोर्टस क्लबमा खेल्नेछ। नेपाल रहेको समूह ‘ए’मा वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन्।छनोटका लागि नेपालले २२ सदस्यीय टिमको घोषणा गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्