जसपाबाट दुई मन्त्री थपिएसँगै प्रचण्ड सरकारले पायो पूर्णता काठमाडौँ, ९ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपाबाट २ मन्त्री थप्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। मंगलबार जसपाका वीरेन्द्र कुमार महतो वनमन्त्री र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्री बनेका छन्। प्रचण्डले फागुन १६ ,चैत १७, वैशाख ३, २१ र २४ गते मन्त्रिपरिषद् विस्तार गरेपनि सरकारले पूर्णता पाएको थिएन। आज जसपाबाट मन्त्री थप्दै प्रचण्डले २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्