अन्तरिक्ष स्टेशनमा पुगिन् पहिलो अरबी महिला एजेन्सी,९ जेठ।पहिलो महिला अरबी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन(आईएसएस) पुगेकी छन्।एक्जिओम स्पेसको दोस्रो निजी मिसनमा जाने दुई साउदीहरू मध्ये ३४ वर्षीया रेयानाह बर्नावी पहिलो महिला अरबी अन्तरिक्ष यात्री हुन्।उनले आइतबार अमेरिकाबाट स्पेसएक्स फाल्कन रकेटबाट उडान भरेकी थिइन्।उनी दश दिन अन्तरिक्षमा रहने छिन्।यस अवधिमा उनले स्टेम सेल र स्तन क्यान्सरको अनुसन्धान गर्ने योजना बनाएकी छन्। बीबीसीका अनुसार उनी बायोमेडिकल वैज्ञानिक हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्