सस्तियो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ? काठमाडौं, ९ जेठ। मंगलबार सुनको मुल्य प्रतितोला ८०० रुपैयाँले सस्तिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकतोला छापावाला सुनको मुल्य १ लाख ९ हजार २०० रुपैयाँ र तेजावी सुनको मुल्य १लाख ८ हजार ७०० रुपैयाँ कायम गरिएको छ। सोमबार सुनको मुल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ थियो।यस्तै चाँदीको मुल्य प्रतितोला १० रुपैयाँले सस्तिएर १ हजार ३६५ रुपैयाँमा झरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्