काठमाडौंमा आजबाट ‘सम्पदा बस’ सेवा सुरु हुँदै, निःशुल्क रुपमा सम्पदाहरुको दृश्यावलोकन गराइने काठमाडौ, ९ जेठ। मंगलबार(आज)देखि काठमाडौं उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ। काठमाडौं उपत्यकाका सम्पदाहरुको दृश्यावलोकन गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले दुई वटा विद्युतीय बसहरु सञ्चालन गर्ने भएको हो।आज पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ। तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याइने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्