उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता काठमाडौं, ८ जेठ। जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्। जसपा संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको हो। यादव गत वैशाख १० गते बारा-२ मा भएको उपनिर्वाचनबाट विजयी भएका थिए। गत मंसिर ४ मा भएको निर्वाचनमा यादव सप्तरी-२ मा जनमत पार्टीका डा.सीके राउतसँग पराजित भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्