संसदमा ई–हाजिरीको तयारी, सांसदहरूको बायोमेट्रिक लिन थालियो काठमाडौं, ८ जेठ। प्रतिनिधि सभा बैठकमा सांसदहरूको डिजिटल उपस्थिति (ई–हाजिरी) को तयारी अघि बढाइएको छ। सांसदहरूको उपस्थितिको रेकर्ड प्रभावकारी बनाउनका लागि संघीय संसद सचिवालयले ई–हाजिरीका लागि सांसदहरूको बायोमेट्रिक लिने काम सुरु गरेको छ।सचिवालयका अनुसार सबै सांसदहरुको वायोमेट्रिक विवरण संकलन गरेपछि विद्युतीय प्रणालीबाट हाजिर हुनेछ। प्रतिनिधिसभा बैठकमा सांसदहरु हाजिर गरेर घर जाने गरेको भन्दै विद्युतीय हाजिरीको प्रबन्धन गर्नुपर्ने माग उठेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्