शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउन प्रेम सुवालको माग काठमाडौं, ८ जेठ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरमा ल्याउन माग गरेका छन्। प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्री प्रणालीमा मन्त्रीको कामकारवाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउँदै पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाइ अनुसन्धानलाई पूर्ण बनाउनुपर्ने बताए। नक्कली शरणार्थी प्रकरणमा दुई जना तत्कालीन उपप्रधानमन्त्री प्रहरी हिरासतमा रहेकाले यसमा पूर्वप्रधानमन्त्री पनि संलग्न भएको आशंका उनले व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्