सरकारको नीति तथा कार्यक्रमले अहिलेको संकट टार्छ : माधव नेपाल काठमाडौं, ८ जेठ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने जस्तो यो कागजको खोस्टा मात्रै नभएको जिकिर उनले गरे। नेपालले नीति तथा कार्यक्रमले अहिलेको आर्थिक संकटसहितका समस्याको समाधान गर्न सक्ने जिकिर गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्