तातोपानी नाकाबाट १४ हजार ६ सय टन रासायनिक मल नेपाल भित्रियो काठमाडौं, ६ जेठ। नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन सुरु भएको छ। तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिब ३५ हजार टन रासायनिक मल भित्रिएको हो। साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको हो। थप ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्