प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको प्रश्न : राजश्व संकलनमा पनि अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ? काठमाडौं,७ जेठ।एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले दातृ समुदायसमक्ष देशभित्र राजश्व संकलनमा कठिनाइ परिरहेको भन्दै गुनासो सुनाएकोमा आपत्ति जनाएका छन्। आइतबार संसद् बैठकमा बोल्दै उनले यस्तो बताए। ‘सरकार प्रमुखले दातृ समुदायसँगको ब्रिफिङमा राजश्व संकलन गर्न कठिनाइ भएको उल्लेख गर्न मिल्छ? राजश्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ? राजश्व उठाउने अनिवार्य प्राथमिक कर्तव्य सरकारको होइन?’ओलीले प्रश्न गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्