संसदमा सांसद अमरेशको प्रश्न: सरकारले न मल दिन्छ, न त उत्पादनको पैसा नै, पैसा नभए कसरी बाली लगाउने? काठमाडौं,७ जेठ।सांसद अमरेश कुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्नुपर्ने बताए। आइतबार प्रतिनिधिसभाको बेठकमा उनले अहिलेसम्म सरकारले उखुको भुक्तानी नपाएको भन्दै भुक्तानी दिन माग गरे। उखु नगदेबाली भए पनि सरकारले उधारो बाली बनाइदिएको उनको भनाइ छ। ‘किसानलाई न समयमा मल दिने,न बिउ दिने उल्टै किसानले मिहिनेत गरेर उँखु उत्पादन गर्छ,त्यसलाई सरकारले उधारोमा लट्काइदिन्छ। पैसा नभएर कसरी धानबाली लगाउने?’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्