असिनापानीले अन्नबालीमा क्षति पुर्याएपछि बालबच्चा पाल्ने चिन्तामा किसान काठमाडौं, ७जेठ। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा गत बुधबार आएको असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्याएको छ। हिउँदे बाली नभित्र्याउन आएको असिनापानीले गहुँ, जौँ सखाप पारेपछि किसानहरू चिन्तित बनेका छन्। अहिले उनीहरु भोकै परिने हो कि भन्ने चिन्तामा छन्। त्यहाँका किसानहरुले ‘असिनापानीले गहुँ, जौँ, तरकारीमा आलु प्याज, लसुन, फलेको फलफूलमा क्षति पुग्यो। बालबच्चा कसरी पाल्ने।’ भन्दै गुनासो पोखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्