लक्षित वर्गहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालहरुलाई मेयर बालेन शाहको निर्देशन, नभए कारबाही गरिने काठमाडौं,७ जेठ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अस्पतालहरूले लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न,कर्मचारीहरूलाई कानुनले तोकेअनुरुपको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएका छन्। उनले आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले अटेर गरे कारवाही हुने पनि बताए। उनले लेखेका छन्,‘उक्त कार्य नगरेको पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारबाही हुने ब्यहोरा सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूलाई जानकारी गराइन्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्