शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै काठमाडौं, ७ जेठ। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ। जसअनुसार दिउँसो ३ बजे च्यासल मैदानमा एनआरटी र मच्छिन्द्र र रंगशालामा एपिएफ र मनाङ भिड्नेछन्। यस्तै रंगशालामा ६ बजे जावालाखेल र संकटा आपसमा प्रतिस्पर्धा गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्