म्यानेचस्टर सिटीले उचाल्यो इंग्लिस प्रिमियर लिगको उपाधि काठमाडौं, ७ जेठ। म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। योसँगै सिटीले लगातार तेस्रो सिजनमा लिगको उपाधि हात पारेको हो। शनिबार राती भएको खेलमा उपाधि दाबेदार आर्सनल नटिङ्घमसँग १–० ले पराजित भएपछि सिटी तीन खेल अगावै च्याम्पियन बनेको हो। सिटीले तीन खेल अगावै जीत हासिल गरेर उपाधिमा ह्याट्रिकसमेत मारेको छ। सिटी ६ वर्षमा पाँचौं पटक च्याम्पियन बनेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्