कांग्रेस सांसद सञ्जय गौतमले आठ दिनपछि तोडे आमरण अनशन काठमाडौं, ६ जेठ। बर्दिया-१ का निर्वाचित सांसद एवं कांग्रेस नेता सञ्जयकुमार गौतमले आफ्नो आमरण अनशन तोडेका छन्। बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमले आठौं दिनमा अनशन तोडेका हुन्। विकासका लागि भन्दै १५ बुँदे मागसहित भत्किएको पुलमुनि शनिबार साँझदेखि अनशनमा बसेका थिए। शनिबार भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति गरेपछि उनले अनशन तोडेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्