सुदूरपश्चिम प्रदेश सरकार विस्तार, नागरिक उन्मुक्ति पार्टी सहभागी भएन काठमाडौं, ६ जेठ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार विस्तार गरेका छन्। शाहले माओवादी केन्द्रबाट ३ र कांग्रेसबाट १ जना गरी ४ जना मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिएका छन्। दुई मन्त्रालय नपाएपछि नागरिक उन्मुक्ति भने सरकारमा सामेल भएन। उन्मुक्तिको भागमा कृषि मन्त्रालय मात्रै परेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्