काठमाडौंमा एक महिलाले गरिन् आफैँले आगो लगाएर आत्महत्या काठमाडौँ, ६ जेठ। काठमाडौंमा एक महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन्। चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्ने रामेछापकी ३६ वर्षीय शान्ति श्रेष्ठले शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजे पेट्रोल छर्केर आगो लगाएकी थिइन्। स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याएका उनको आज बिहान ३ः२० मा मृत्यु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्