यो साता तोलामै १६ सयले घट्यो सुनको भाउ काठमाडौँ, ६ जेठ। यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा उक्त रकमले मूल्य घटेको जनाएको हो। गत साताको शुक्रबार छापावाल सुन तोलाको १ लाख १० हजार ८०० रुपैयाँ कायम थियो। यो साताको शुक्रबारसम्म आइपुग्दा घटेर तोलामा १ लाख ९ हजार २०० रुपैयाँ कायम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्