च्याम्पियन्स लिगमा आज म्यानचेस्टर सिटी र रियल म्याड्रिड भिड्दै, को पुग्ला फाइनलमा ?
काठमाडौं, ३ जेठ। युरोपियन च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति १२ः४५ मा सिटीको मैदानमा हुनेछ। गत साता रियलको मैदानमा भएको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो। आज जित्ने टिम फाइनल प्रवेश गर्नेछन्। सिटी पछिल्ला २२ खेलमा अपराजित छ।
प्रतिक्रिया दिनुहोस्
