अपराधमा संलग्न नेताको भारी कांग्रेसले बोक्न सक्दैन : गगन थापा काठमाडौं, २ जेठ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेतारुको पार्टीले जिम्मा लिन नसक्ने बताएका छन्। गलबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने बताएका हुन्। कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण र पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेका बेला उनले उनीहरुलाई जोगाउने काम गर्न नहुने समेत बताए।
प्रतिक्रिया दिनुहोस्