रेशम चौधरीलाई सर्वोच्चबाट पनि जन्मकैदको फैसला काठमाडौं, २ जेठ। सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीको जन्मकैदको फैसला सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले उच्च अदालत दिपायलको फैसला नै सदर गरेको हो। यसअघि उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्