नक्कली शरणार्थी प्रकरण निकृष्ट अपराध, चाँडै टुंग्याउन भट्टराईको आग्रह काठमाडौं, २८ वैशाख। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर विदेशमा तस्करी गर्न खोज्नु निकृष्ट अपराध भएको बताएका छन्।बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्य शक्तिको चरम दुरुपयोग गर्ने जोकोही पनि छुट्न नहुने तर निर्दोष भने फस्न नहुने बताए।उनले यस प्रकरणमा निष्पक्ष अनुसन्धान गरी चाँडो टुंग्याउन आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्