वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि काठमाडौं, २८ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो नौ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि भएको छ। वैदेशिक रोजगार विभागका अनुसार उक्त अवधिमा ३ लाख ८७हजार ८३९जनाले संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिएका छन्। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको संख्या सोही अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २लाख १७हजार ९५९पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्