आजको मौसमः एक दुई स्थानमा वर्षा र हावाहुरीको सम्भावना काठमाडौं, २८ वैशाख। हाल देशमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव कायम रहेकाले बिहीवार गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको छ। आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।आज लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्