सुडान सङ्घर्षः वार्ताको लागि दुवै पक्ष पुगे साउदी अरब रियाद, २४ वैशाख। सुडानमा सङ्घर्षरत सेना र अर्धसैनिक बलबीच वार्ता हुने भएको छ। वार्ता साउदी अरबमा हुने तय भएको छ। वार्ताको लागि दुवै पक्षका प्रतिनिधि साउदी अरब पुगिसकेका छन्। यो वार्ता अमेरिका र साउदी अरबको पहलमा हुन लागेको हो। शनिबार नै दुई पक्षबीच जेद्दामा वार्ता हुने भनिए पनि वार्तामा बस्ने प्रतिनिधिको टुङ्गो नलाग्दा हुन सकेको थिएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्