कछुवाको गतिमा काठमाडौं—तराई/मधेश द्रुतमार्गः ६ वर्षमा भौतिक प्रगति मात्र २२.४४ प्रतिशत काठमाडौं, ६ वैशाख। राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौं–तराई/मधेश द्रुतमार्ग’ आयोजनाको निर्माण कार्य कछुवाको गतिका भएको छ। आर्थिक वर्ष २०७३/७४ देखि नेपाली सेनाले सुरु गरेको आयोजनाको भौतिक प्रगति आव २०७८/७९सम्म मात्र २२.४४ प्रतिशत रहेको छ। नेपाली सेनाका अनुसार आयोजनाको वित्तिय प्रगति करिब २३प्रतिशत रहेको छ। चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको आयोजनाको कुल लागत २खर्ब १३अर्ब ९५करोड रुपैयाँ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्