सुरक्षा निकायलाई राजनीति दबाब र अवाञ्छित चलखेलबाट मुक्त बनाउँछुः गृहमन्त्री श्रेष्ठ काठमाडौं, ५ वैशाख। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीति दबाब र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिवद्धता जनाएका छन्। गृहमन्त्रालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुरक्षा निकाय र गृह प्रशासनमा कुनै शक्ति केन्द्र र राजनीतिक दबाबबाट मुक्त हुनुपर्ने बताए।सुरक्षा निकायमा हुने विचौलियाको भुमिकालाई शुन्यमा झारिने दाबी उनले गरे।निष्पक्षताको आधारमा सुरक्षा निकायमा पदस्थापन हुने प्रणालीको विकास गर्ने उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्