नेपालमा बेरुजु एक वर्षमा २१.४५ प्रतिशतले बढ्यो, पुग्यो १ खर्ब १९ अर्ब ७७ करोडभन्दा बढी
काठमाडौं, १ वैशाख। नेपालमा संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरूजु १खर्ब १९अर्ब ७७करोड ७०लाख रुपैयाँ पुगेको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९मा उक्त रकम बेरूजु रहेका उल्लेख छ।महालेखाका अनुसार संघीय सरकारी कार्यालयको बेरूजु ५६अर्ब ३१करोड, प्रदेशमा ७अर्ब २०करोड र स्थानीय तहमा ४२अर्ब ८८करोड र समिति तथा अन्य संस्थाको ११अर्ब ९७करोड रुपैयाँ बेरूजु देखिएको छ।
प्रतिक्रिया दिनुहोस्