आठ महिनामा सरकारको खर्च ७ खर्ब ७९ अर्ब, पुँजीगत खर्च हुन सकेन काठमाडौं, ३० चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)मा संघीय सरकारको कुल खर्च ७ खर्ब ७९ अर्ब २३ करोड रुपैयाँ रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार सो अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ६ खर्ब ८ अर्ब ८४ करोड रुपैयाँ, ८४ अर्ब २६ करोड रुपैयाँ र ८६ अर्ब १३ करोड रुपैयाँ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्