सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैनः अर्थसचिव राय काठमाडौं, २६ चैत। अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन्। आर्थिक पत्रकारहरुसँगको भेटमा अर्थसचिव रायले वर्षेनी साधरण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने भन्दै राज्यले सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका हुन्।‘अर्बौं रुपैया कुनै योगदान बिना सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई गाह्रो हुन्छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्