रविको राहदानी मुद्दा प्रकरणः महान्यायाधिवक्ताले भने कसैको दबाबमा निर्णय गरिएको होइन काठमाडौं। महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कसैको दबाबमा नभइ विवेकपूर्ण रुपमा गरिएको स्पष्ट पारेका छन्। शुक्रवार महान्यायाधिवक्ता बनेको सय दिनको काम कारबाहीबारे जानकारी गराउदै उनले राहदानी प्रकरण महान्यायाधिवक्ताको कार्यलयले प्रमाणहरुको मूल्यांकन गरी प्रक्रियागत रुपमा नै टुंग्याएको दाबी गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्