पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय काठमाडौं, २४ चैत । सरकारले कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गरेको छ। शुक्रवार मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। सरकारले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको शर्माले जानकारी दिइन्। सरकारले घटनाको जाँचबुझका लागि छानबिन समिति पनि गठन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्