आठ महिनामा नेपालीको घरमा भित्रियो विभिन्न देशबाट आएको साढे चार अर्बको स्याउ काठमाडौं, २३ चैत। पछिल्लो आठ महिनामा नेपालले विभिन्न देशबाट ४ अर्ब ४५ करोड ८५लाख ६०हजार रपैयाँको स्याउ आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि फागुन मसान्तसम्ममा उक्त मुल्यमा ५करोड ७१लाख २६हजार ५केजी विदेशी स्याउ नेपाल भित्रिएको छ। चीन,भारत, स्वीट्जरल्याण्ड र अमेरिकाबाट नेपालले स्याउ आयात गर्ने गरेको छ।अघिल्लो वर्ष सोही अवधिमा नेपालले ५अर्ब ७करोड रुपैयाँको स्याउ आयात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्