सभामुख घिमिरेले गरे कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन काठमाडौं, २३ चैत। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन गरेका छन्। कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधि सभा सदस्यहरु अजयकुमार चौरसिया, अनितादेवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी,रमेश लेखक,रामप्रकाश चौधरी,रामहरि खतिवडा,रुपा सोसी चौधरी,लिलानाथ श्रेष्ठ,विद्या भट्टराई,सन्तोष परियार,सरिता प्रसाईं,हीतराज पाण्डे र ज्ञानबहादुर शाहीलाई मनोनयन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्